Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

२ हप्ता नवित्दै २ युवति जिउँदै जलाइयो, असुरक्षित बन्दै तराईका चेली !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रदेश २ मा दुई हप्ता नवित्दै २ जना महिलामाथि जिउँदै जलाएर हत्या गर्ने प्रयास भएका छन् । गत बैशाख ५ गते धनुषामा २० वर्षीया नवविवाहित युवति निर्मला यादवलाई पति मुकेश यादव गोइतले मट्टीतेल खन्याएर आगो लगाएको घट्ना सेलाउन नपाउँदै फेरी सिराहमा पनि उस्तै घट्ना दोहोरिएको छ ।

घरायसी विवादमा सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको छ । कञ्चनको शरीरको ८० प्रतिशत भाग आगोले जलेको छ । घाइते कञ्चनको अवस्था अहिले गम्भीर छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको छ।

उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको बताइएको छ । बिहीबार घरमा भएको सामान्य विवादपछि यो घटना घटेको हो ।

घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकार बनिरहेका छन् । सामान्य विवाद मै उनीहरु जिउँदै जलेर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

ताजा समाचार

थप समाचार