[ndc-today-date]
[ndc-today-date]

श्री चण्डी माई मेला...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

२ हप्ता नवित्दै २ युवति जिउँदै जलाइयो, असुरक्षित बन्दै तराईका चेली !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रदेश २ मा दुई हप्ता नवित्दै २ जना महिलामाथि जिउँदै जलाएर हत्या गर्ने प्रयास भएका छन् । गत बैशाख ५ गते धनुषामा २० वर्षीया नवविवाहित युवति निर्मला यादवलाई पति मुकेश यादव गोइतले मट्टीतेल खन्याएर आगो लगाएको घट्ना सेलाउन नपाउँदै फेरी सिराहमा पनि उस्तै घट्ना दोहोरिएको छ ।

- Advertisement -

घरायसी विवादमा सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको छ । कञ्चनको शरीरको ८० प्रतिशत भाग आगोले जलेको छ । घाइते कञ्चनको अवस्था अहिले गम्भीर छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको छ।

उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको बताइएको छ । बिहीबार घरमा भएको सामान्य विवादपछि यो घटना घटेको हो ।

- Advertisement -

घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकार बनिरहेका छन् । सामान्य विवाद मै उनीहरु जिउँदै जलेर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

ताजा समाचार

spot_img

थप समाचार