बीरगन्ज,२१ माघ । पर्सा क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार रमेश रिजालले छिपहरमाई गाउँपालिकामा घरदैलो अभियान तीव्र बनाएका छन्।
उम्मेदवार रिजालले गाउँपालिका–१ का मिर्जापुर र भालुवहिया क्षेत्रमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद, भेटघाट र सुझाव संकलन गरेका थिए।
घरदैलोका क्रममा उनले कांग्रेसको नीति तथा विकास एजेन्डा प्रस्तुत गर्दै स्थानीय समस्या समाधानमा आफू दृढ प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, “जनतासँगको प्रत्यक्ष संवाद नै परिवर्तनको बलियो आधार हो।”
स्थानीयवासीले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा आफ्नो आवश्यकता उठाएका थिए। कार्यक्रममा कांग्रेसका स्थानीय नेता र कार्यकर्ताको पनि उल्लेख्य सहभागिता रहेको थियो।

