Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

माइक्रोसफ्ट कम्पनी बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १३ बैशाख — अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर नाघेको हो ।

- Advertisement -

माइक्रोसफ्ट १० खर्ब डलर बजार भाउ भएकाले विश्वकै तेश्रो सार्वजनिक कम्पनी बनेको छ । यस अघि एप्पल र अमेजनले १० खर्ब डलर मूल्य पार गरिसकेका थिए ।

बुधबार मात्रै माइक्रोसफ्टले सन् २०१८ को चौथो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आम्दानीमा १४ प्रतिशतले वृद्धि भएको जनाएको थियो । उक्त त्रैमासिकमा माइक्रोसफ्टले ३० अर्ब ६० करोड आम्दानी गरेको छ । त्यस्तै खुद मुनाफामा १९ प्रतिशतले वृद्धि भएर ८ अर्ब ८० करोड पुगेको छ ।

- Advertisement -

सत्य नादेलाको नेतृत्वमा माइक्रोसफ्टले पछिल्ला वर्षहरुमा क्लाउड बिजनेसमा आफ्नो उपस्थिति बढाएर विन्डोज अपरेटिंग सिस्टममाथिको निर्भरता घटाएको छ ।

गत अगष्टमा एप्पल विश्वकै पहिलो १० खर्ब डलरको सार्वजनिक कम्पनी बनेको थियो भने त्यसको एक महिनापछि अमेजनले त्यो कोशेढुंगा पार गरेको थियो । तर सन् २०१८ को अन्त्यतिर शेयर बजार खस्किँदा दुवै कम्पनीको मूल्य घटेर १० खर्बभन्दा कम हुन पुगेको थियो ।

यद्यपि सन् २००७ मा पेट्रोइ चाइना कम्पनी पनि १० खर्ब डलरको कम्पनी बनेको थियो । तर उक्त कम्पनीमा अधिकांस हिस्सा चिनियाँ सरकारको रहेको छ । अहिले सो कम्पनीको बजार मूल्य २ खर्ब डलर रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार