Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

माइक्रोसफ्ट कम्पनी बन्यो १० खर्ब डलरको तेश्रो सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १३ बैशाख — अमेरिकी कम्पनी माइक्रोसफ्टको बजार मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । शेयर बजारमा कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएसँगै माइक्रोसफ्टको मूल्य बिहीबार १० खर्ब डलर नाघेको हो ।

माइक्रोसफ्ट १० खर्ब डलर बजार भाउ भएकाले विश्वकै तेश्रो सार्वजनिक कम्पनी बनेको छ । यस अघि एप्पल र अमेजनले १० खर्ब डलर मूल्य पार गरिसकेका थिए ।

बुधबार मात्रै माइक्रोसफ्टले सन् २०१८ को चौथो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीको आम्दानीमा १४ प्रतिशतले वृद्धि भएको जनाएको थियो । उक्त त्रैमासिकमा माइक्रोसफ्टले ३० अर्ब ६० करोड आम्दानी गरेको छ । त्यस्तै खुद मुनाफामा १९ प्रतिशतले वृद्धि भएर ८ अर्ब ८० करोड पुगेको छ ।

सत्य नादेलाको नेतृत्वमा माइक्रोसफ्टले पछिल्ला वर्षहरुमा क्लाउड बिजनेसमा आफ्नो उपस्थिति बढाएर विन्डोज अपरेटिंग सिस्टममाथिको निर्भरता घटाएको छ ।

गत अगष्टमा एप्पल विश्वकै पहिलो १० खर्ब डलरको सार्वजनिक कम्पनी बनेको थियो भने त्यसको एक महिनापछि अमेजनले त्यो कोशेढुंगा पार गरेको थियो । तर सन् २०१८ को अन्त्यतिर शेयर बजार खस्किँदा दुवै कम्पनीको मूल्य घटेर १० खर्बभन्दा कम हुन पुगेको थियो ।

यद्यपि सन् २००७ मा पेट्रोइ चाइना कम्पनी पनि १० खर्ब डलरको कम्पनी बनेको थियो । तर उक्त कम्पनीमा अधिकांस हिस्सा चिनियाँ सरकारको रहेको छ । अहिले सो कम्पनीको बजार मूल्य २ खर्ब डलर रहेको छ ।

ताजा समाचार

थप समाचार