सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
12.1 C
Kathmandu
12.7 C
Kathmandu
20.7 C
Birgunj

उत्तर कोरियाली नेता किम पुटिनसँगको भेटपछि बेइजिङ जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रुस । उत्तर कोरियाली नेता किम जोङ–उन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए ।

- Advertisement -

रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फर्किएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । यी दुई नेताबीचको भेटवार्ताले मस्को र प्योङयोङबीचको सम्बन्ध अझै बलियो हुने विश्वास गरिएको छ ।

- Advertisement -

पुटिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लागेका छन् । चीनमा आयोजना हुने बिआरआई अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ लागेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -