मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

भारतीय सेनामा पहिलो पटक महिला सैनिकको भर्ती सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न सुरु गरेको छ । यसभन्दा अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो ।

- Advertisement -

बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया सुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकारीहरु केडरको रुपमा देखिएका छन् । यसमा थल सेनामा १५ सय, वायुसेनामा १६ सय र जलसेनामा पाँच सय महिलाहरु छन् । सेनामा सहभागी हुने महिलाहरुले अब दुष्कर्म र जबर्जस्तीजस्ता विषयमा जाँच गर्नेछन् ।

- Advertisement -

यसअघि ‘सर्ट सर्भिस कमिसन’ अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो । यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ ।

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -