Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

भारतीय सेनामा पहिलो पटक महिला सैनिकको भर्ती सुरु

spot_img

भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न सुरु गरेको छ । यसभन्दा अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो ।

बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया सुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकारीहरु केडरको रुपमा देखिएका छन् । यसमा थल सेनामा १५ सय, वायुसेनामा १६ सय र जलसेनामा पाँच सय महिलाहरु छन् । सेनामा सहभागी हुने महिलाहरुले अब दुष्कर्म र जबर्जस्तीजस्ता विषयमा जाँच गर्नेछन् ।

यसअघि ‘सर्ट सर्भिस कमिसन’ अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो । यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ ।

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय