Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

यी स्मार्टफोनमा चल्नेछैन फेसबुक र इन्स्टाग्राम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

केही समयपछि नै कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् ।

यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।
स्मरण रहोस् विन्डोज स्मार्टफोनको उत्पादन बन्द भैसकेको छ र माइक्रोसफ्टले पनि आफ्ना स्मार्टफोन लञ्च गर्न छाडिसकेको छ ।

पूराना विन्डोज फोनमा त ह्वाट्सएपको सपोर्ट पहिलेबाटै बन्द गरिसकिएको छ । अब सबै खालका विन्डोज फोनमै ह्वाट्सएप सपोर्ट बन्द हुने अनुमान गरिएको छ।

माइक्रोसफ्टका अनुसार आगामी डिसेम्बरबाट विन्डोज फोनका लागि सेक्योरिटी अपडेट पनि उपलब्ध हुनेछैन । अर्थात् डिसेम्बरपछि विन्डोज फोनको प्रयोग गर्दा भाइरस आक्रमणको खतरा बेहोर्नुपर्नेछ ।

हालै सोसल साइट रेडिटमा एकजना प्रयोगकर्ताले इन्स्टाग्रामको एउटा सन्देशको स्त्रिmनसट पोष्ट गरेका छन् । जसमा निकट भविष्यमै विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ, ३० अपि्रलदेखि विन्डोज फोनमा इन्स्टाग्राम उपलब्ध हुनेछैन, यद्यपि वेब ब्राउजरबाट भने इन्स्टाग्राम प्रयोग गर्न सकिनेछ ।

विन्डोज फोनको अन्त्य २०१७ देखि नै भएको हो । चर्चित एप डेभलपर्सहरुले पनि विन्डोज फोनमा एप सपोर्ट पनि बन्द गरिसकेका छन् । अब विन्डोज फोनमा एप सपोर्ट बन्द गर्ने पालो फेसबुकको आएको छ । स्मरण रहोस् अहिलेपनि माइक्रोसफ्ट स्टोरमा फेसबुक, मेसेन्जर तथा इन्स्टाग्राम सबैभन्दा चर्चित एपको रुपमा रहेका छन् ।

ताजा समाचार

थप समाचार