मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

विष्णु पौडेलको बालुवाटारको जग्गा जफत हुँदैनः भूमिसुधारमन्त्री अर्याल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने भएको छ ।

- Advertisement -

भूमिसुधारमन्त्री पद्मा अर्यालका अनुुसार ललितनिवासको सरकारले अधिग्रहण गरेको तर, भूमाफियाहरुले व्यक्तिको नाममा लगेको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको छ । तर, पौडेलले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा मोही कायम भएको जग्गा भएको पाइएको उनले बताइन् ।

प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् । यसबारे छानविन भइरहेको उनको दाबी छ ।

- Advertisement -

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘जहाँसम्म विष्णु पौडेलले जुन जग्गा किन्नु भएको छ, त्यो मोही कायम भएको जग्गा हो । यो बैधानिक छ ।’ मोही कामय भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं मान्छेका रुपमा नविनको नाममा हस्तान्तरण भएको पाइएको उनले बताइन् ।

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा व्यक्तिको नाममा गइसककेा भएपनि त्यो सरकारकै हुने उनले बताइन् । त्यस्तो साढे साढे ४ सय कित्ता किटान गरेर रोक्का राख्ने निर्णय भइसकेको भन्दै उनले भनिन्, त्यो जग्गा फिर्ता हुँदैन ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -