शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...

युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक...

८ असार,  काठमाडौं । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न...

इङल्याण्डमाथि दक्षिण अफ्रिका ७...

८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप...
22.1 C
Kathmandu
28.3 C
Birgunj

पिँजडाका चरी नहुनोस् – विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन् ।

- Advertisement -

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक विमोचन गर्दै उनल भने, ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्न । पहिला बक्सबाट दिमाग निकाल्नुस्, अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ । त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस् ।’

उनले सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे बुझेपछि मात्रै आलोचना गर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले भने, ‘सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ ।’

- Advertisement -

अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप सञ्चारमन्त्री बास्कोटाको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार