Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

प्रतिबन्धित औषधि सेवन गरेकाे क्रिकेटर एलेक्स ठहर : कुनै पनि क्रिकेट म्याच खेल्न नपाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले एलेक्स हेल्सलाई प्रतिबन्धित औषधि सेवन गरेको भन्दै दोषी ठहर्‍याएको छ ।

ईसीबीले हेल्सलाई कुनै पनि क्रिकेट म्याच खेल्न नपाउने गरी २१ दिनको प्रतिबन्ध लगाएको छ । हेल्स गएको हप्ता इंग्ल्याण्डको १५ सदस्यीय विश्वकप टीमको लागि चुनिएका थिए । एलेक्सले ७ दिन अगाडि व्यक्तिगत कारण देखाउँदै काउण्टी टिम नाटिंघमशायरको लागि यो सिजनमा खेल्न असमर्थता जनाएका थिए ।

गार्जियन पत्रिकाका अनुसार दास्रो पटक पनि ड्रग टेस्टमा असफल भएपछि उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

विश्वकपको तयारीमा लागेको इंग्ल्याण्डको लागि यो एकदमै ठूलो झट्का मानिएको छ । विश्वकपको लागि इंग्ल्याण्ड क्रिकेट टिमको क्याम्प सुरु हुन लागिसकेको छ । प्रतिबन्ध लागेका कारण हेल्सले २१ दिनसम्म क्रिकेट खेल्न पाउने छैनन् ।

यस विषयमा इंग्ल्याण्ड क्रिकेटका पूर्व कप्तान माइकल वानले ट्वीट गर्दै आक्रोश पोखेका छन् । उनले हिल्सलाई विश्वकप टिमबाटै हटाउनुपर्ने बताएका छन् ।

ताजा समाचार

थप समाचार