[ndc-today-date]
[ndc-today-date]

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

म जहाँ छु प्रेसकै सहयोगका कारण छु : प्रचण्ड

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, १५ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेस जगतकै भएको बताएका छन् ।

- Advertisement -

नेपाल पत्रकार महासंघको केन्द्रीय समितले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आइपुगेको बताए ।

‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुर्याउने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहाँ हुने थिइनँ । यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ’ प्रचण्डले भने, ‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’

- Advertisement -

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले बताए । संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताए ।

उनले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाए । उनले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए ।

‘पत्रकार महासंघको तर्फबाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ’ उनले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पुर्याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’

नेपाल पत्रकार महासंघको टोलीले प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर  १६ बुँदे ध्यानाकर्षषपत्र बुझाएको हो ।

ताजा समाचार

spot_img

थप समाचार