spot_img

कांग्रेस: शीर्ष नेताहरुकाे आलाेचना गर्न राेक

spot_img
spot_img

काठमाडौँ– नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका कार्यक्रममा पार्टीका जिम्मेवार नेता र पार्टीहित विपरीत बोल्न बन्देज लगाएको छ। आइतबार बसेको अनुशासन समितिको बैठकले जागरण अभियानका क्रममा पार्टीहित विपरीत नबोल्ने सर्कुलर जारी गरेको हो।

विशेष गरी सभापति शेरबहादुर देउवाविरुद्ध सार्वजनिक रुपमा नेताहरु खनिने क्रम बढेपछि अनुशासन समिति त्यसमा लगाम लगाउने निष्कर्षमा पुगेको हो।

पार्टीको १४ औँ महाधिवेशन नजिकिदै जाँदा शीर्ष नेताहरुबीच नै आरोप प्रत्यारोप बढेको र पार्टीको संस्थागत हित विपरीत बोल्ने तथा गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता गतिविधि नगर्न सचेत गराएको अनुशासन समितिका सदस्य धनराज गुरुङले जानकारी दिए।

कांग्रेसले पहिलो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण वैशाख २५ गतेदेखि सुरु गर्दैछ। अभिायनका क्रममा ७७ वटै जिल्लामा कार्यक्रम तय भएको छ।

‘जागरण अभियान पार्टीको संस्थागत हितभन्दा बाहिर गएर व्यक्ति स्वार्थका अभिव्यक्ति नओस् भनेर अनुशास समितिले सचेत गराएको हो। उल्लंघन भएको पाइएमा अनुशासन समितिले कारबाही गर्छ,’ गुरुङले भने।

अनुशासन समितिको निर्देशन कार्यान्वयन भए नभएको अनुमगन गर्न कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएलाई जिम्मा दिएको सभापति भीष्मराज आङ्गदम्वेले जानकारी दिए।

कानुन व्यवसायी निष्पक्ष हुन्छन् भन्ने मान्यताका आधारमा डिएलएलाई नेताहरुको अभिव्यक्ति र गतिविधि अनुगमन गर्न भनिएको उनले बताए।

अनुशासन समितिको निर्णयमा भनिएको छ, ‘वैशाख २५ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा लाई स्थलगत अनुगमन तथा निरिक्षण गरिदिन अनुरोध गर्ने निर्णय गर्दछ।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय