आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

मध्य तराईका जिल्लामा गर्मी बढेसँगै ,अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्यो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज — विगत एक सातादेखि मध्य तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ तातो हावा चल्न थालेको छ । मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी लगायत जिल्लामा गर्मीसँगै तातो हावा चल्न सुरु भएको हो ।
गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन् । बीरगंजको तापक्रम लगातार बढै गएको छ । आजको वीरगंजको तापक्रम ३९ डिग्रि सेल्सियस पुगेको छ ।

- Advertisement -

गर्मीले सबैभन्दा बढी मारमा विद्यालय जाने बालबालिका परेका छन् । नयाँ शैक्षिक सत्रको सुरुवातमै गर्मी बढेपछि विद्यार्थीलाई गर्मीको मार खेप्नुपरेको छ । समयसमयमा पानी परे पनि गर्मी बढ्दै गएकाले बीरगंज आसपासको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । गर्मी बढेर तातो हावा चल्न थालेपछि घरबाहिर निस्कनसमेत गाह्रो भएको छ । गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजमा समेत प्रभाव पार्न थालेको छ । बाराका उत्तरी क्षेत्रका ग्रामीण बस्तीहरुमा गर्मी बढेपछि खानेपानीको समेत अभाव भएको छ । गर्मीले गर्दा हाते कलहरू सुक्न थालेका छन् ।
वाराको निजगढ, रतनपुरी लगायतका क्षेत्रमा खानेपानीका समस्या भएको स्थानिय वासिन्दाले बताएका छन । गमी बढदै गएपछि जन स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दै गइरहेको छ । तातो हावा र अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा पनि वृद्धि भएको छ । गर्मीका कारण विषालु सर्प ग्रामीण क्षेत्रमा देखा पर्न थालेको स्थानिय वासिन्दाले बताएका छन् ।

गर्मी बढेसँगै नारायणी अस्पताल लगायतका वीरगंज तथा वारा, पर्साका अस्पतालहरुमा बिरामीको संख्या पनि बढेको छ । भाइरल ज्वरो, टाइफाइड, झाडापखाला, छाला सम्बन्धीलगायत बिरामी बढ्दै गएको नारायणी अस्पतालका छाला रोग बिशेषज्ञ डा. अतुलेस चौरसिया जानकारी दिनुभयो । हाल नारायणी अस्पतालमा मात्रै दैनिक उपचारका लागि ५ सय भन्दा बढी विरामी आउने गरेको चौरसियाले बताउनु भयो । गर्मीमा छाता ओढेर हिँडडुल गर्न, प्रशस्त पानी खान, छायामा बस्न, लामखुट्टेको टोकाइबाट जोगिन, बासी खानेकुरा नखानलगायत सुझाव चिकित्सकले दिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार