सडक किनारमा रोकिएको ट्रकमा स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु

spot_img

नवलपरासी,१९ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–८ स्थित कालीगण्डकी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन्।

प्रहरीका अनुसार फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको गण्डकी प्रदेश नम्बर ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्रदेश नम्बर २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किएको थियो।

दुर्घटनामा स्कुटरको पछाडि सवार हुप्सेकोट गाउँपालिका–२ निवासी निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।

स्कुटर चालक कावासोती नगरपालिका–८ निवासी ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय