बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

‘राता मकै’को नाममा प्रवेशद्वार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अभिनेता किरण केसीले दर्शक मार्फत पाएको उपनाम ‘राता मकै’को नाममा प्रवेशद्वार निर्माण गरेका छन् । कलाकारितासंगै विभिन्न सामाजिक सेवामा सक्रिय रहदै आएका केसीले निर्माण गरेको ‘रात मकै गेट’लाई आइतवार विहान ललितपुर स्थित लक्ष्मीनगरपालिका मेयर रामेश्वर श्रेष्ठ र मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै ललितपुरको इमाडोलमा रहेको रातामकै चोक स्थित रातामकै गेटलाई मेयर श्रेष्ठले उदाहरणीय काम गरेको बताए । ‘आफ्नो ठाउलाई आफैले बनाउनु पर्छ’ उनले भने ‘किरणजीको विकास निर्माणको पाटोको सिको अन्य कलाकारले पनि गरे झनै राम्रो ।’ यसैगरी उद्घाटनमा पुगेका मदनकृष्ण श्रेष्ठ पनि किरणको कामको प्रसंसा गरे । ‘किरण निकै फुर्तिलो छ’ उनले भने ‘हरेक काम समयमा सकाउछ, उसको एक्टिभनेस देख्दा म आश्चर्यचकित हुने गरेको छु ।’ यसैगरी हरिवंश आचार्यले पनि किरणले स्थानीय तहमा गरेको समाज सेवा उदाहरणीय रहेको बताए । ‘उसले यहाँ स्कुलको भवन बनाएको छ, प्रहरी भवन बनाएको छ’, उनले भने ‘किरणको यस्तै कामले उसलाई देश विदेशमा मात्र होइन स्थानीय तहमा पनि लोकप्रिय बनाएको छ ।’

- Advertisement -

किरणले त्यहाँ मन्दिर, सडक, क्रिया भवन, आम बुवाको नाममा महेन्द्र आदर्स स्कुलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन् । उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए । झन्डै १२ वर्ष अगाडी नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफुलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए ।

‘यहाँ मैले विभिन्न स्थानमा आफुले सक्दो विकास निर्माणमा हातेमालो गरिरहेको छु त्यसैले पनि यहाँ गेट आवश्यक देखेकोले निर्माण गरेको हुँ’ उनले भने ‘यहाँ राज्यले नै रातामकै मार्ग नामांकन गरिसकेपछि मेरो यो दायित्व पनि हो ।’ उनले झन्डै ६ लाखको लागतमा बुवा दुर्गा बहादुर केसी र आम इन्द्र कुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए । ‘म भित्र समाजसेवी भाव मेरो हजुरमुवाबाट आएको हो त्यसैले सकेको गर्न कहिले पछि हट्दिन ।’ किरणले आउँदा दिनमा पनि आफु समाजसेवामा सक्रिय रहने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -