Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिद दायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको रिटमा उल्लेख गरिएको छ ।

शिक्षामा व्यापारीकरण भएकाले आम सर्वसाधारण नेपाली अध्ययनबाट बञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने माग गरिएको छ ।

रिटमा संविधानको धारा ३१ ले नेपाली नागरिकलाई प्रदान गरेको हकविपरित काठमाडौं महानगरपालिकाको शिक्षा समितिले निर्णय गरेको भन्दै उक्त निर्णयलाई खारेज बदर गर्न माग गरिएको छ ।

यस्तै शिक्षा ऐन २०७५ को दफा ४०(१)(९) नेपालको संविधानको धारा १३ विपरित भएको हुँदा उक्त ऐनको दफा र सो दफासँग सम्बन्धित अन्य दफाहरु समेत खारेज गरिनुपर्ने माग गरिएको छ ।

रिटको पेशी आगामी वैशाख २० गतेको लागि तोकिएको पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

ताजा समाचार

थप समाचार