शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
12.7 C
Kathmandu
12.7 C
Kathmandu
19.9 C
Birgunj

बारा र पर्सामा हुरी प्रभावितको घर सेनाले वैशाख २१ गतेबाट बनाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्‍ज – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हावाहुरीबाट बारा र पर्सामा भत्केका घरहरुको निर्माण एक हप्तापछि शुरु हुने बताएका छन्।

- Advertisement -

हुरी प्रभावितहरुको निरीक्षण गर्न बाराको फेटा गाउँपालिकाको भरबलिया टोल पुगेका पोखरेलले सोमबार पत्रकारहरुसित कुराकानी गर्दै हावाहुरीबाट भत्केका घरहरुको निर्माण कार्य नेपाली सेनाले आउदो वैशाख २१ गतेबाट सुरु गर्ने जानकारी दिए।

बैशाख २१ गतेबाट बारा र पर्सामा हुरीले भत्काएका घरहरुको निर्माण सेनाले एकैसाथ गर्ने बताउँदै पोखरेलले सो कार्यमा राजनितिक दबाबले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे।

- Advertisement -

हुरीबाट क्षतिग्रस्त भएका पर्सा र बारा जिल्लाका घरहरुको निर्माण नेपाली सेनाले छिटै सम्पन्न गर्ने कुरामा पोखरेलले विश्वास ब्यक्त गरे ।उनले बारा र पर्साका दुबै ठाउमा एक दर्जन जति समुह बनाएर एकैपल्ट घर निर्माण कार्यको शुरुवात गरिने बताए।

‘हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटी निर्माण कार्य शुरु हुन्छ, पोखरेलले भने, ‘आउदो वैशाख २१ गते बारा पर्साका दुबै ठाउँका घर बनाउने काम शुरु हुन्छ ।’ नेपाली सेनाले जिम्मा पाएको घर निर्माण कार्य आउदो साउन १२ गतेसम्म सक्ने लक्ष्य लिएको छ।

गत बैशाख १७ गते राति आएको टोर्नाडो नामक आँधीले दुबै जिल्लामा गरी १ हजार ४ सय ५३ वटा घर पूर्ण रुपमा भत्काएको छ । जसमध्ये बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ वटा घरहरु भत्केका छन्।

टोर्नाडो आँधीमा परि बारामा २८ जनाको मृत्यु भएको थियो भने,पर्सामा १ जनाले ज्यान गुमाएका छन् । आँधी प्रभावितहरुको घर निर्माण गर्नको लागि सँघीय सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैया प्रदान गरेको छ।

प्रभावितहरुको लागि प्रति परिवार सेनाले बनाइ दिने घरमा २ वटा कोटा १ वटा भान्छा र एउटा शौचालयको सुविधा रहेको छ । घरको छानो भने जस्ताले छाएको हुनेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -