Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

तुलसी पौडेललाई ‘स्व. अर्चना...

वीरगंज, असार ६ – पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगंजमा आयोजित...

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

वायुसेवा निगमका क्याप्टेन लामा निलम्बित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेकाे छ । प्राधिकरणले स्पष्टिकरण सोधेर लामालाई ‘ग्राउन्डेड’ गरेको हो।

निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो ।
लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई गत वैशाख पहिलो साता ‘आफ्नो इजाजतपत्र खारेज गर्न’ चुनौती दिएका थिए। चुनौतीदिएपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको थियो ।
एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको हो।

चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो। पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए।

ताजा समाचार

spot_img

थप समाचार