Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
22.3 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारले झुटा प्रचारबाहेक उल्लेखनीय काम गर्न सकेन : देउवा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार काम गर्न चुकेकाे आराेप लगाएका छन् । चुनावपछि संवृद्धिको मार्गमा देश जान्छ भन्ने अपेक्षा भए पनि सरकारले अभूतपूर्व अवसर पाए पनि खेर फालेको देउवाकाे भनाई थियाे ।

- Advertisement -

उनले निर्मला पन्तको हत्यारालाई नपक्रेर सरकारको नियतप्रति आशंका उब्जिएको बताए । संवृद्धि नेपाल सुखी नेपालको ठूलाठूला नारा लगाउने सरकारको उपलब्धि निराशाजनक रहेको पनि उनले बताए। ‘सरकारले झुटा प्रचारबाहेक उल्लेखनीय काम गर्न सकेन,’ उनले भने । उनले  बारा पर्सामा भएको हावाहुरी पीडितलाई राहत र उद्धारको व्यवस्था हुन नसकेकामा चिन्ता व्यक्त गर्दै तत्काल यसको व्यवस्था गराउनसमेत माग समेत गरे ।

उनले बूढीगण्डकीकाे विषयलाई पनि उनले उठाए । देउवाले भने, ‘यसले आयोजना अनिश्चित बनेको छ। मुआब्जा अझै पाएका छैनन्। विदेशी अनुदान र लगानी ल्याउने अवस्था शून्य प्रायः अवस्थामा पुगेको छ। मूल्यवृद्धिको माग भोग्न नागरिक बाध्य छन् ।’

चिकित्सा शिक्षा कार्यक्रम सरकार उदासीन भएको उल्लेख गर्दै उनले भने, ‘दिनदिनै ठूला भ्रष्टाचार काण्डले नागरिकमा निराशा बनाएको छ। वाइड बडीबारे अख्तियारले छिटो छानबिन गरोस्। बालुवाटारको सरकारी जग्गा माफियाको हातमा पुग्दा पनि सरकार ढाकछोप गर्न लागिपरेको छ। ठूला ठूला गफ मात्र गत वर्ष सरकारले गर्‍यो। आम नागरिकको चाहनअनुसार हुने कामको सरकार कदमलाई प्रतिपक्षका रुपमा सहयोग गर्छौँ। यो वर्ष संवृद्धिको वर्ष बनोस्, प्रधानमन्त्रीलाई यही शुभकामना छ।’

सरकारले अधिकार पनि केन्द्रिकृत गरेकाे देउवाकाे आराेप थियाे । उनले भने, ‘प्रधानमन्त्रीमाथि झन झन अधिकार केन्द्रिकृत गरिएको छ। आफ्नै मन्त्रीमाथि प्रधानमन्त्रीले अविश्वास गरे। सेना परिचालनको अधिकार प्रधानमन्त्री आफैंले लिन खोजेका छन्। ३० वर्षे पञ्चायत कालमा विकासमा नेपाल पछि पर्‍यो। अहिले पनि त्यो अवस्था नआओस् ।’

उनले १४ महिनासम्म आशा जगाउने एउटा पनि काम नगरेको उल्लेख गर्दै मुलुकभर निराशा बाहेक केही नभएको बताए।

ताजा समाचार

spot_img

थप समाचार