आज काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

spot_img

काठमाडाै,१९ वैशाख । सरकारले सुकुम्बासी तथा नदी किनारका अतिक्रमित बस्ती हटाउने अभियानलाई दोस्रो चरणमा पनि निरन्तरता दिँदै आज काठमाडौँका विभिन्न क्षेत्रमा डोजर चलाएको छ।

शनिबार बिहानैदेखि बाक्लो प्रहरी उपस्थितिमा स्वयम्भू क्षेत्रबाट सुरु भएको डोजर अभियान बालाजु र माछापोखरी हुँदै अनामनगरस्थित धोबीखोला किनारसम्म विस्तार भएको छ। यी स्थानमा अतिक्रमित संरचना हटाउने कार्य भइरहेको सम्बन्धित निकायले जनाएको छ।

यसअघि शुक्रबार मात्रै टेकु, शंखमुल, बल्खु र बंशीघाट क्षेत्रमा ठूलो मात्रामा बस्ती हटाइएको थियो। उक्त दिन बल्खुमा ४०१ संरचना, बंशीघाटमा १९३ र शंखमुल क्षेत्रमा १५० भन्दा बढी घर तथा टहरा भत्काइएको थियो। सो क्रममा करिब १ हजार ४१४ जना सरकारी सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पहिलो चरणमा भने थापाथली, गैरीगाउँ र मनोहरा आसपासका बस्तीमा पनि डोजर चलाइएको थियो।

सरकारले अभियानलाई सुकुम्बासी व्यवस्थापन र सार्वजनिक जमिन संरक्षणसँग जोडेर अघि बढाएको दाबी गरे पनि सुकुम्बासीको स्पष्ट पहिचान बिना नै बस्ती हटाइएको भन्दै आलोचना बढ्दै गएको छ।

नदी किनारका बस्तीमा बसोबास गर्ने अन्य नागरिकसमेत त्रसित बनेका छन्। आफ्नो घर पनि भत्किन सक्ने डरले कतिपयले घरमै जग्गाधनी प्रमाणपत्र टाँसेर बस्न थालेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय