spot_img

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालद्वारा राजीनामा

spot_img
spot_img

काठमाडौं,१९ वैशाख । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पदबाट राजीनामा दिएका छन्। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने प्रावधानसहित अध्यादेश सिफारिस गरेपछि उच्च पदस्थ अधिकारीहरू क्रमशः राजीनामा दिन थालेका हुन्।

उपकुलपति नेपालले शुक्रबार राजीनामा दिएको पुष्टि गर्दै आफूले २२ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको जानकारी दिए। उनका अनुसार २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुने तयारी गरिएको छ।

नेपाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ पुस ७ गते उपकुलपतिमा नियुक्त गरेको थियो।

यसअघि त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले पनि राजीनामा दिएका थिए। १७ वैशाखमा त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पद त्याग गरेका थिए।

सरकारले विश्वविद्यालयका पदाधिकारीहरूलाई हटाउने गरी ल्याउन लागेको अध्यादेशका कारण पदाधिकारीहरू धमाधम राजीनामा दिन थालेको बताइएको छ। सो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ र हाल अध्ययनको क्रममा रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय