Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

ठोरी विजयवस्तिमा कुष्ठ रोग निवारण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ठोरी —पर्साको ठोरी गाउँपालिका ४ विजयवस्तिमा कुष्ठ रोग निवारण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।ठोरी गाउँपालिका कार्यालयको आयोजनामा आज विजयवस्तिमा रहेको स्वास्थ्य चौकीमा सम्पन्न अभिमुखिकरणमा सहभागीहरुलाई कुष्ठ रोगको पहिचान गर्ने तरीकाका बारेमा जानकारी गराइएको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिए।

कार्यक्रममा पर्साका क्षयरोग तथा कुष्ठरोग अधिकृत शम्भु यादवले कुष्ठरोगका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।अधिकृत यादवले कुनै पनि व्यक्तिको शरीरमा रातो फुस्रो लाटो दाग भए त्यो कुष्ठ रोग हुन सक्ने बताउँदै उपचार गर्न सके कुष्ठरोग निको हुने बताए ।

त्यस्तै शरीर झम्झम्याउने,कानको लोती अनावश्यक रुपमा बढ्ने आदि पनि कुष्ठरोगको लक्षण हुन सक्ने धारणा राखे। कार्यक्रममा स्वास्थ्य संयोजक रमेशराज थिङ , वडा न ४ का स्वयंसेविकाहरु,स्थानीय शिक्षकहरु ,सामाजिक अगुवाहरु लगायतको उपस्थिति थियो ।

ताजा समाचार

थप समाचार