spot_img

ठोरी विजयवस्तिमा कुष्ठ रोग निवारण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

ठोरी —पर्साको ठोरी गाउँपालिका ४ विजयवस्तिमा कुष्ठ रोग निवारण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।ठोरी गाउँपालिका कार्यालयको आयोजनामा आज विजयवस्तिमा रहेको स्वास्थ्य चौकीमा सम्पन्न अभिमुखिकरणमा सहभागीहरुलाई कुष्ठ रोगको पहिचान गर्ने तरीकाका बारेमा जानकारी गराइएको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिए।

कार्यक्रममा पर्साका क्षयरोग तथा कुष्ठरोग अधिकृत शम्भु यादवले कुष्ठरोगका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।अधिकृत यादवले कुनै पनि व्यक्तिको शरीरमा रातो फुस्रो लाटो दाग भए त्यो कुष्ठ रोग हुन सक्ने बताउँदै उपचार गर्न सके कुष्ठरोग निको हुने बताए ।

त्यस्तै शरीर झम्झम्याउने,कानको लोती अनावश्यक रुपमा बढ्ने आदि पनि कुष्ठरोगको लक्षण हुन सक्ने धारणा राखे। कार्यक्रममा स्वास्थ्य संयोजक रमेशराज थिङ , वडा न ४ का स्वयंसेविकाहरु,स्थानीय शिक्षकहरु ,सामाजिक अगुवाहरु लगायतको उपस्थिति थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय