Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बारा: ८ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा – ८ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गन लागीएको हो ।

- Advertisement -

पहिलो चरणमा जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, पचरौता नगरपालिका, महागढिमाई नगरपालिका, फेटा गाँउपालिका, र सुवर्ण गाँउपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुनेछ ।

स्थानीय तहको सिफारिसमा सिमराको सिमरा प्राथमिक स्वास्थ्य केन्द्र, कलैयाको सुरत स्वास्थ्य चौकी, निजगढको निजगढ प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीको कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाइने छ ।

- Advertisement -

त्यस्तै पचरौताको बेलडारी स्वास्थ्य चौकी, महागढिमाईको गंजभवानिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फेटाको फेटा स्वास्थ्य चौकी र सुवर्ण गाँउपालिकाको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गन लागीएको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा  सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार