Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बारा: ८ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा – ८ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गन लागीएको हो ।

पहिलो चरणमा जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, पचरौता नगरपालिका, महागढिमाई नगरपालिका, फेटा गाँउपालिका, र सुवर्ण गाँउपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुनेछ ।

स्थानीय तहको सिफारिसमा सिमराको सिमरा प्राथमिक स्वास्थ्य केन्द्र, कलैयाको सुरत स्वास्थ्य चौकी, निजगढको निजगढ प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीको कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि अस्पताल बनाइने छ ।

त्यस्तै पचरौताको बेलडारी स्वास्थ्य चौकी, महागढिमाईको गंजभवानिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फेटाको फेटा स्वास्थ्य चौकी र सुवर्ण गाँउपालिकाको हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गन लागीएको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा  सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

ताजा समाचार

थप समाचार