Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

देशैभर गर्मी बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ – देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डौको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै धनकुटाको बिहानको तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस, दिपायलको १९ दशमलव २ डिग्री सेल्सियस, विरेन्द्रनगरको २० डिग्री सेल्सियस र पोखराको १८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम खुल्ला हुने भएकाले यो तापक्रम अझै बढ्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर बुधबार पश्चिमबाट पश्चिमी वायु प्रवेश गर्ने भएकाले दिपायल, नेपालगन्ज, घनगढी आसपासका क्षेत्रको तापक्रम थोरै घट्ने उहाँको अनुमान छ ।

मंगलबार पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित एकैछिन पानी पर्ने संभावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । अरु ठाउँको मौसम भने सफा रहने उहाँको अनुमान छ ।

ताजा समाचार

थप समाचार