spot_img

राजदूत नियुक्ति खुला विज्ञापनबाट गर्न नहुने भीम रावलको धारणा

spot_img
spot_img

काठमाडौं, १९ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले खुला विज्ञापनमार्फत राजदूत नियुक्त गर्ने सरकारी तयारीप्रति असहमति जनाएका छन्। रास्वपा नेतृत्वको सरकारले राजदूत छनोटमा खुला प्रतिस्पर्धा प्रणाली लागू गर्ने चर्चा भइरहेका बेला उनले यस्तो कदम कूटनीतिक रूपमा उपयुक्त नहुने बताएका हुन्।

रावलले राजदूत पदलाई सामान्य प्रशासनिक जागिरसँग तुलना गर्न नमिल्ने उल्लेख गर्दै यो पद राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक जिम्मेवारीसँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

उनले कुनै पनि देशले विज्ञापनमार्फत राजदूत नियुक्त गर्ने अभ्यास नगर्ने दाबी गर्दै अनुभवी, दक्ष र देशप्रति प्रतिबद्ध व्यक्तिलाई नै यस्तो जिम्मेवारी दिनुपर्ने धारणा राखे।

“राजदूत विदेशमा देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण पद हो। त्यसका लागि विषयगत ज्ञान, कूटनीतिक अनुभव, इमानदारी र राष्ट्रिय हितप्रतिको स्पष्ट प्रतिबद्धता आवश्यक हुन्छ,” उनले भने।

रावलले सरकारी सेवामार्फत अनुभव हासिल गरेका दक्ष व्यक्तिहरूमध्येबाट छनोट गर्न सकिने भए पनि खुला विज्ञापनको अवधारणा उपयुक्त नभएको बताए। यस्तो नीति ‘सस्तो लोकप्रियता’का लागि ल्याउन खोजिएको हुनसक्ने उनको आरोप छ।

नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै राजदूत नियुक्तिमा विश्वव्यापी अभ्यास, अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय