आर्थिक सुधारको आधार डिजिटल प्रणाली र कानुनी परिवर्तन : अर्थमन्त्री वाग्ले

spot_img

काठमाडाै,१९ वैशाख ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि डिजिटल प्रविधि विस्तार, कानुनी सुधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन्।

शनिबार आयोजित बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा बोल्दै उनले राजनीतिक स्थिरता र नीतिगत निरन्तरतामार्फत देशलाई आर्थिक रूपमा बलियो बनाउने सरकारको लक्ष्य रहेको बताए। पाँच वर्षे स्थिर सरकारमार्फत विकासलाई दीर्घकालीन दिशा दिने तयारी भइरहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना सरकारले अघि बढाएको जानकारी दिए। उनका अनुसार डिजिटल प्रविधिको प्रयोगले पारदर्शिता बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउनेछ।

नेपालजस्तो भौगोलिक रूपमा जटिल देशमा डिजिटल प्रणाली विकासको प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले प्रविधिमार्फत प्रशासनिक अवरोध कम गर्न सकिने बताए।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कानुनी सुधारको प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिए। पुराना र असान्दर्भिक कानुन हटाउँदै उद्यमशीलता, लगानी र रोजगारी सिर्जनालाई प्राथमिकता दिइने उनले बताए।

नीतिगत भ्रष्टाचार अन्त्य गरी स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै मन्त्री वाग्लेले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे।

उनले समावेशी विकासलाई समेत सरकारको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै सामाजिक तथा सांस्कृतिक विविधतालाई समेटेर लोकतान्त्रिक आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय