spot_img

सरकारका गलत कार्यविरुद्ध उत्रिन हर्क साम्पाङको आह्वान

spot_img
spot_img

काठमाडौं, १९ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीलाई केवल राजनीतिक दल नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाइएको बताएका छन्।

शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै उनले मेलमिलाप, चेतना, जागरण र श्रमदानमार्फत विकास निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित पार्टी अघि बढिरहेको बताए।

उनले श्रम संस्कृति पार्टीले परम्परागत राजनीतिक विकृति अन्त्य गर्दै स्वच्छ र जिम्मेवार राजनीति गर्ने दाबी गरे। भ्रष्टाचार, दलाली, कमिसन र घुसखोरीविरुद्ध पार्टी स्पष्ट रूपमा उभिने उनको भनाइ थियो।

“हामी राजनीति केवल सत्ता वा व्यक्तिगत स्वार्थका लागि होइन, देश बनाउने र समाज सुधार गर्ने उद्देश्यले गरिरहेका छौं,” उनले भने, “जनताको हित र सुशासनका लागि निरन्तर संघर्ष गर्छौं।”

राईले आफ्ना सांसद तथा कार्यकर्तालाई पनि भ्रष्टाचारबाट टाढा रहन निर्देशन दिइरहेको उल्लेख गर्दै इमानदार राजनीति नै देश विकासको आधार हुने बताए।

उनले वर्तमान सरकारका गलत निर्णय र गतिविधिविरुद्ध दृढतापूर्वक आवाज उठाइने प्रतिबद्धता समेत व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय