spot_img

अम्बिका बस्नेतको रिहाइको माग गर्दै माइतीघरमा धर्ना

spot_img
spot_img

काठमाडौं, १९ वैशाख । नेकपा एमाले निकट महिला संगठनले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित पक्राउ परेका महिलाहरूको रिहाइको माग गर्दै शनिबार माइतीघर मण्डलामा धर्ना दिएको छ।

प्रदर्शनमा सहभागीहरूले ‘अदालतबाट टुंगिसकेको विषयमा किन निरन्तर चरित्र हत्या रु’, ‘अम्बिका बस्नेतलगायतलाई तुरुन्त रिहा गर’ तथा ‘छाडातन्त्र बन्द गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

गत वैशाख १४ गते माइतीघर क्षेत्रमा अम्बिका बस्नेत र शोभा पाठकबीच विवाद चर्किँदै हात हालाहालको अवस्था सिर्जना भएको थियो। घटनापछि प्रहरीले अम्बिका बस्नेतसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो।

महेश बस्नेत र शोभा पाठकबीच लामो समयदेखि व्यक्तिगत तथा सार्वजनिक विवाद रहँदै आएको बताइएको छ। पक्राउ परेकामाथि भइरहेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै एमालेनिकट महिलाहरूले निष्पक्ष न्याय र रिहाइको माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय