Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

ट्यूमरको सफल शल्यक्रिया पछि श्वेताको भावुक स्टाटस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गर्धनमा ट्यूमर देखिएपछि अस्पातल भर्ना भएकी अभिनेत्री स्वेता खड्काको भारतमा सफल शल्यक्रिया गरिएको छ । केही समय अगाडी फिल्म हेल्लो जिन्दगीको सुटिङका लागि लण्डन पुगेकी खड्का बिरामी परेपछि अस्पताल भर्ना भएकी थिइन् ।

लण्डन जानु अगाडी नै ट्युमर बारे आफु जानकार भए पनि डाक्टरको सल्लाह अनुसार केहि महिना पछी शल्यक्रिया गर्ने सोचका साथ हेल्लो जिन्दगी सुटिङ सेट जोइन गरेकी खड्कालाई एक्कासी जरो आउने र र दुख्ने हुन थालेको थियो । उनले सामाजिक संजाल फेसबुकामा लेखेकी छिन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

बिरामी पर्न थाले पछी श्वेतालाई भारत ल्याइएको थियो । हाल उनको सफल शल्यक्रिया भइसकेको छ । उनले शल्यक्रिया भएसंगै हेल्लो जिन्दगीमा काम गर्न नसक्ने बताएकी छिन् । उनले लेखेकी छिन् जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ ।

तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु:खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

 

ताजा समाचार

थप समाचार