Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

प्रचण्डले बोले मधेशमा धावा ,तराईको एउटा सिङ्गै पार्टी नेकपामा बिलय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ वैशाख — तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच एकीकरण भएको छ ।

ललितपुरको खुमलटारस्थित नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा मंगलबार अमर यादव अध्यक्ष रहेको फोरम नेपाल नेकपमा बिलय भएको हो ।

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए ।

अमर यादवसहित ईशनाथ नगरपालिका रौतहट कांग्रेसका मेयर सन्तोष मेहत्ता र राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाललगायतका स्थानीय नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् । नेकपाका नेता प्रभु साहको पहलमा उनीहरूले आफ्नो पार्टीलाई नेकपामा बिलय गराएका हुन् ।

ताजा समाचार

थप समाचार