Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

नेपालको समृद्धिको यात्रामा सघाउन चीन तयार : चिनियाँ राष्ट्रपति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै राष्ट्रपति सी चिनफिङले नेपालको समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताएको चीनको चर्चित मिडिया चाइना डेलीले जनाएको छ । ९ दिने राजकीय भ्रमणमा रहेका नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र चिनीयाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार भएको भेटवार्तालाई उच्च महत्व दिँदै उक्त समाचार प्रकासित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक भेटवार्तामा सीले यस्तो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति सी चिनफिङले बेइजिङको महान जनसभा हलमा नेपाली राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागत गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपालले आधारभूत संरचना निर्माणको सहयोगलाई बलियो बनाउनुपर्छ र चीन नेपाल क्रस सीमा निर्माणमा आर्थिक सहयोग जारी राख्नेछ प्रतिबद्धता जनाएको समेत सो समाचारमा उल्लेख छ ।
‘चीनले नेपालसँगको सम्बन्धलाई धेरै मान्दछ, र यसको राष्ट्रिय स्वतन्त्रता, राज्य सार्वभौमिकता र क्षेत्रीय अख्तियार कायम राख्न नेपाललाई समर्थन गर्दछ र साथै यसको राष्ट्रिय परिस्थितिमा विकासको बाटो खोज्ने राष्ट्रपति सीले बताएका छन् ।
कार्यक्रममा नेपाली राष्ट्रपति भण्डारीले चीन गणतन्त्र स्थापना भएको ७० औ वर्षमा प्रवेश गरेकोमा बधाई दिइन् । उनले ‘चीनको कम्युनिस्ट पार्टीले चीनको नेतृत्वमा सफलता प्राप्त गरेकोमा बधाई तथा उच्चा प्रशंसा समेत गरिन् । चीन नेपालको साँचो मित्र हो र नेपालले चीनको समृद्धि र स्थिरता देख्दछ’, राष्ट्रपति भण्डारीको भनाई उद्यृत गर्दे चाइना डेलीले लेखेको छ ‘ नेपाल एक चीनको नीतिको पक्षमा छ र कुनै पनि प्रकारका चीनविरोधी गतिविधिहरू सञ्चालन गर्न नेपालले अनुमति दिदैन ।’

ताजा समाचार

थप समाचार