spot_img

सप्तरीबाट अपहरणमा परेका बालककाे भारतबाट उद्धार

spot_img
spot_img

काठमाडौं – सप्तरीबाट अपहरणमा परेका बालकको नेपाल प्रहरीले भारतबाट उद्धार गरेको छ।

सप्तरीको राजगढ गाउँपालिका–३, का भोलेन्द्र यादवका भान्जा १२ वर्षीय लक्ष्मण यादवको प्रहरीले उद्धार गरेको हो।

बैशाख १४ गते स्थानीय ठकन यादवको छोरीको विवाहमा भोज खान गएका बेला बालक बेपत्ता भएका थिए। उनी हराएको थाहा पाएपछि परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी गरेका थिए। परिवारको उजुरी आएपछि खोजीमा जुटेको प्रहरीले बालक अपहरणमा परेको जानकारी पाएको थियो।

अपहरण गरेर भारत पुर्‍याएको सूचना पाएपछि सप्तरीका एसपी राजेन्द्र विष्टसहितको टोली बालकको उद्धारमा खटिएको थियो।

अन्तत: एसपी विष्टको टोलीले सोमबार राति ११ बजे बालकलाई भारतको सितामडीस्थित शिवहर भन्ने ठाउँमा रहेको एक होटलबाट उद्धार गर्न सफल भएको थियो।

प्रहरी आएको सूचना पाएपछि अपहरणकारी भने बालक छाडेर फरार भएका थिए। बालकलाई मिठाइमा लागूऔषध मिसाएर खुवाएको अवस्थामा उद्दार गरिएको एसपी विष्टले जानकारी दिए।

बालकलाई मंगलबार आफन्तको जिम्मा लाइएको छ भने फरार अपहरणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय