Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

वीरगन्ज आगलागी अपडेट : बरुण यन्त्रकाे सहायतामा समेत आगाे निभाउन सकिएन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज – वीरगन्जको ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा लागेकाे आगाे दुई घण्टासम्म पनि निभाउन सकिएकाे छैन् ।

वीरगन्ज महानगरपालिका वडा नं. ११ ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा भीषण आगलागी भएको छ। ओम आश्रममा रहेको विजय साहको पेन्टको गोदामा साँझ  ६ बजेतिर आगो लागेको हो। आगो लागेको क्षेत्रमा घना मानव बस्तीका साथै नेपाल फर्मासिटयुकल्स लिमिटेडको औषधि कारखाना पनि रहेको छ।

वीरगञ्ज महानगरपालिका,जितपुर सिमरा कलैंयालगायतको ठाउँबाट आएको बारुण यन्त्रको प्रयाेग गरी नेपाल प्रहरी, सशत्र प्रहरी तथा नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगो लागेको घण्टै भई सक्दा पनि आगो निभाउन सकिएकाे छैन् ।

पेण्टका ड्रमहरु ब्लास्ट भएर आगोहरु आकाश गोदाम बाहिरसम्म आईरहेको कारण त्यस क्षेत्रका बासिन्दाहरु भयवित भएका छन् । अहिले ओम आश्रम क्षेत्रको आकाश कालो धुवाले घेरिएको छ भने प्रदुषणका कारण हावामा साँस लिन पनि समस्या भईरहेको स्थानीयहरुले बताएको छ ।

ओमआश्रमका गल्लीहरु अँध्याराे भएका छन् । आगोलाई निभाउन स्थानीय प्रशासनलाई हम्मेहमे भएको छ ।
आगलगी हेर्न हजारौको संख्यामा मान्छेहरुको भिड जम्मा भएको कारण आगो निभाउन समस्या भईरहेको प्रहरीले जनाएको छ ।

गोदाममा रहेको पेण्टका डब्बाहरु आगो आगेको कारण आगो निभाउन समस्या भईरहेको हाे । आगोका मुस्लाहरु घरको बाहिर र आकाशसम्म देखिएको छ ।

ताजा समाचार

थप समाचार