मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

कुवेतमा नेपाली प्रेमी प्रेमिका बिच झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १९ वैशाख — वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ ।

- Advertisement -

नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ । चार वर्षदेखि अवैध रुपमा एउटै कोठामा बस्दै आएका दुवैबीच बेलामौका झगडा पर्ने गरेको बताइएको छ ।

कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको र विकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पुराइएको समाचारहरूमा जनाइएको छ ।

- Advertisement -

उनीहरु कुवेतको मंगाफस्थित ब्लक ४ मा बस्दै आएका थिए । माया घरेलु कामदारका रूपमा कुवेत पुगेकी थिइन् जसले मालिकको घर छोडेर विकसँग सँगै बस्थिन् ।

विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -