सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
23.1 C
Kathmandu
33 C
Birgunj

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमान्डौ, १९ वैशाख — प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् ।

- Advertisement -

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीले मे महिनाको ९ देखि १३ तारेखसम्म तथा वैशाख २६ देखि ३० गतेसम्म भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् ।

मन्त्री ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएका हुन् ।

- Advertisement -

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी हुनेछन् ।

भियतनामले ३० वर्षयता गरेको तीब्र आर्थिक प्रगति र उक्त देश विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएकाले उनीहरुको अनुभवबाट नेपालले सिक्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार