बिहिबार, बैशाख १३, २०८१
Thu, April 25, 2024

भोलिदेखि कक्षा १२ को...

१३ वैशाख, भक्तपुर । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ...

पूर्वमन्त्री आलमसहित चार जनालाई...

१३ वैशाख, काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई...

योजना कार्यान्वयनका लागि रूपान्तरणका...

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका...

पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य...

१३ वैशाख १३ वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव...
18.1 C
Kathmandu
27.3 C
Birgunj

तपाईं पकेटमारको घेराबन्दीमा हुनुहुन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

तपाईं सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ, भिडभाडमा जाँदै हुनुहुन्छ भने सर्तक रहनुहोस् । तपाईंको धनमाल निमेषभरमा गायब हुनसक्छ । किनभने शहरमा रात(दिन चोररपकेटमार सल्बलाइरहेका हुन्छन् ।

- Advertisement -

घटना केही समयअघिको हो । रत्नपार्कबाट भक्तपुर (राधेराधे) पुग्ने १० नम्बर रुटको माइक्रोबसमा कौशलटारबाट तीन युवाहरु चढे । उनीहरुसँगै एक मोटोघाटो ज्यानका अधवैंशे पनि घुस्रिए । साँझको समय । माइक्रो यसैपनि भिडभाड थियो ।
ति चार जना यात्रु माइक्रो चढ्नसाथ ओर्लन हतार गरे । गट्ठाघरबाट अगाडि बढ्नसाथ उनीहरुले माइक्रो रोक्न लगाए । चार जना उत्रिए र भिन्न(भिन्नै बाटो लागे । केही क्षणमा एक मधेसी मुलका युवा, जो विद्यार्थी जस्ता देखिन्थे, चिच्याउन थाले, ‘अरे, मेरो मोबाइल हरायो ।’

उनले माइक्रो रोकेरै मोबाइल खोज्न लगाए । सबैले खोज्न सहयोग गरे । तर, फेला पारेन । कसैले उनको नम्बरमा डायल गरिदिए । फोनमा जवाफ आयो, ‘माफ गर्नुहोला, तपाईंले डायल गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन ।’
त्यसपछि माइक्रोका यात्रुहरुले पकेटमारको किस्सा सुनाउन थाले । कसैले आफ्नो खल्तीबाट पैसा गायब भएको त कसैले आफन्तको पर्स चोरिएको घटना बेलिबिस्तार लगाउन थाले ।

- Advertisement -

एक यात्रु भन्दै थिए, अस्ति भर्खर मात्र बैंकबाट पैसा निकालेर आएको हाम्रै आफन्तको पैसा बसमै गायब भयो । अर्काले थपे, ‘यस्तै भिडमा मेरो खल्तीमा एउटाले हात हालिसकेको । मैले थाहा पाएर हो(हल्ला गरेपछि भाग्यो ।’

सार्वजनिक यातायातमा यात्रा गरिरहँदा यात्रुहरुले अरु बढी सचेत हुनुपर्छ, पकेटमारबाट । यात्रुले खचाखच गाडीमा पकेटमार घुसेकै हुन्छन् । यिनै पकेटमारको कारण कतिले बाटोमै बेखर्ची हुनुपरेको छ ।

कसरी चिन्ने पकटेमार ?

राम्ररी नियाल्ने हो भने पकेटमार सहजै चिन्न सकिन्छ । त्यसैले भिडभाडमा वा खचाखच गाडीमा यात्रा गर्दा आफु सर्तक हुनुपर्छ । हुन त धेरै पैसा, गरगहना साथमा बोकेर हिँड्नु राम्रो होइन । हराउने र चोरिने भय हुन्छ । तर, वाध्यताबस खल्तीमा पैसा बोकेर हिँड्नुपर्ने अवस्था रहन्छ । यस्तो बेला वा सामान्य अवस्थामा पनि पकेटमारबाट जोगिनुपर्छ । किनभने जहाँ(जहाँ भिड हुन्छ, त्यहाँ पकेटमार हुन्छ नै ।

भिडभाडमा, खचाखचमा कुनै व्यक्ति घुस्रिन्छन् र ठेलमठेल गर्दै बस्छन् वा तपाईंलाई असजिलो बनाएर बस्छन् भने सर्तक हुनुहोस्, त्यो पकेटमार नै हो ।

शहरमा हजारौंले पकेटमारको धन्दा गरेरै गुजारा गरिरहेका छन् । उनीहरु संगठित र पेशेवर नै हुन् । पकेटमारहरु एक आपसमा परिचित हुन्छन् । उनीहरु अक्सर दुई जना भन्दा बढीको समूहमा मिलेर आफ्नो धन्दा चलाउँछन् । उनीहरुको दिनभरको काम भनेकै भिडभाडमा घुस्रिने र अर्काको पर्स, खल्ती खोतल्ने हो । मौका परेर गर्दनको सिक्री, हातको झोला पनि चोर्न भ्याउँछन् ।

पकेटमार पहिचान गर्ने केही विधी छन् ।

१. हामीले सोचेजस्तै यिनीहरु कमजोर, झुत्रेझाम्रे हुँदैनन् । सुकिला मुकिला देखिन्छन् ।

२. यिनीहरुले आफुलाई सामान्य र अरु यात्रु सरह देखाउन झोला भिरेका हुनसक्छन् । हातमा घडी बाँधेका हुनसक्छन् ।

३. यिनीहरु भिडभाड वा खचाखच गाडीमा मात्र चढ्छन् । र, भिड भएको ठाउँमा उभिएर बस्छन् ।

४. समूहमा भएपनि उनीहरु एकअर्कालाई चिनेजस्तो गर्दैनन् । तर, एउटै यात्रुलाई घेरेर बस्छन् र आँखाको इशाराले कुरा गर्छन् ।

५. यिनीहरुले झोला भिरेका हुन्छन् र सकेसम्म त्यस्ता झोला अगाडिपटि अर्थात छातीतर्फ भिर्छन् । यसले गर्दा झोलाभित्रबाट हात लम्काएको अरुले देख्दैनन् । त्यसैगरी उनीहरुले झोलाको प्रयोग अरु यात्रुको आँखा छल्न पनि प्रयोग गर्छन् ।

६. भिडमा ठेलमठेल गर्दै बस्छन् । एकै ठाउँमा वा खुला ठाउँमा उभिदैनन् । जहाँ भिड हुन्छ, त्यही घुस्रिन्छन् र असजिलो ढंगले बस्छन् । सकेसम्म गाडीको सिटमा बस्दैनन् ।

७. लामो यात्रा गर्दैनन् । जहाँ पकेट मार्छन्, त्यहाँ उत्रिन्छन् ।

८. फोनमा कुरा गरेजस्तो गर्छन् र हतारमा भएजस्तो हाउभाउ देखाउँछन् ।

९. हेर्दा सोझो जस्ता, सामान्य जस्ता, भलाद्मी जस्ता देखाउने प्रयास गर्छन् ।

शहरमा हजारौं पकेटमार छन, जसको मुल धन्दा नै अर्काको खल्ती छाम्नु हो । अर्काले कमाएको लुट्नु हो । उनीहरुले यस्तै कृत्य गरेर आफ्नो पेट पालेका हुन्छन् । यस्ता पकेटमारहरु पक्राउ पर्छन् । छुट्छन् । तर, उनीहरुको चेत खुल्दैन । फेरी त्यही धन्दामा लाग्छन् । पकेटमारहरु अक्सर पटक(पटक पक्राउ पर्छन् र त्यही धन्दामा लागिरहन्छन् ।

पकेटमारहरु संगठित रुपमै यस्ता कृत्यमा लाग्ने गर्छन् । तपाईंले राम्ररी नियाल्नुहोस्, यिनीहरु अक्सर एउटै ठाउँबाट निस्कन्छन् । समूहमै हिँड्छन् । तर, एकअर्कासँग परिचित जस्तो व्यवहार गर्दैनन् । गाडीमा चढ्दा एकै ठाउँबाट चढ्छन् । एकै ठाउँमा ओर्लन्छन् ।

को बढी जोखिममा ?

यस्ता पकेटमारहरुले मान्छे चिन्छन् । अर्थात कोसँग पैसा छ र लापरवाहीपूर्वक यात्रा गरिरहेका छन्, उनीहरुलाई आफ्नो शिकार बनाउँछन् ।
गाउँबाट भर्खर शहर आएका । धेरै पैसा बोकेर हिँडेका । असावधानीपूर्वक यात्रा गरिरहेकाहरु पकेटमारको जोखिममा हुन्छन् । अझ बालबच्चा लिएर हिँडेका महिला, युवती, बुढापाकालाई पकेटमारले घेराबन्दीमा पार्छन् ।

के गर्ने त ?

सकेसम्म धेरै पैसा वा धनमाल लिएर यात्रा गर्नु आफैमा जोखिम निम्त्याउनु हो । गरगहना लगाएर हिँड्नु पनि राम्रो होइन ।
यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो खल्ती वा झोलामा अरुले हात हाल्दैछ कि ? शंका गर्नुपर्छ । गाडी खचाखच छ भने अरु बढी सर्तक हुनुपर्छ । तपाईंलाई जानीबुझी अप्ठ्यारोमा पार्नेगरी वा असहज बनाउने नियतले बस्छन् भने त्यो व्यक्तिमाथि निगरानी गर्नुहोस् ।

भिडमा जबरजस्ती घुस्रिन आउने यात्रुप्रति सधै सचेत रहनुहोस् । वाध्यत्मक वा आपतकालिन अवस्थाबाहेक यसरी भिडमा घुस्रिने यात्रुहरु गलत नियतले नै चढ्छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार