आइपीएल : राजस्थानलाई हराउँदै दिल्ली विजयी

spot_img

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेको आबद्व दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको हो । दिल्लीसँगको हार सँगै राजस्थानको प्लेअफमा पुग्ने संभावना लगभग अन्त्य भएको छ ।

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रनमा समेटियो ।

राजस्थानका खेलाडी रियान परागले रनको अर्ध शतकीयत इनिङ्ग खेल्दै राजस्थानलाई सम्मानजनक अवस्थामा पर्याएका थिए । तर, जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १६।१ ओभरमा १२१ रन बनायो ।

आजको खेलमा सन्दीपले खेलेको थिएन ।

spot_img

ताजा अपडेट

लोकप्रिय