Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

भन्सारका एजेण्ट र बैंक कर्मचारीलाई कैदको फैसला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर, २२ वैशाख — भन्सारको १० करोड राजस्व अपलचन गरेको आरोपमा उच्च अदालतले भन्सार एजेन्ट र बैंक कर्मचारीलाई कैदको फैसला सुनाएको छ ।

विराटनगर भन्सार कार्यालयमा रहेको वाणिज्य बैकको काउण्टर मार्फत दश करोड भन्सार राजस्व अपचलनको आरोप लागेका भन्सार एजेन्ट सुरेश बोहोरा र बैैंकका कर्मचारीलाई उच्च अदालत विराटनगरले कैद र जरिवनाको फैसला सुनाएको हो ।

मिलेमतोमा बैंकमा राजस्व दाखिला नगरी अपचलन गरेको रहस्य सार्वजनिक भएपछि बैकिङ कसुर मुद्दामा एजेण्ट सुरेश बोहोरा, बैंकका कर्मचारी तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई उच्च अदालत विराटनगरले वैशाख १७ गते कैद र जरीवाना गर्ने फैसला गरेको हो । भन्सार एजेण्ट सुरेशका भाइ ललितले भने सफाइ पाएका छन् ।

अदालतका कायममुकायम मुख्यन्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त्त इजलासले एजेन्ट बोहोरालाई बैकिङ कसुर ऐन २०६४ को दफा ३ (ग) र दफा १५ को (१) बमोजिम डेढ महिना कैद र ४ करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ जरिवना फैसला गरेको छ ।

त्यस्तै बैंकका कर्मचारी तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई सोही ऐन अनुसार २२ दिन कैद र जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैयाँ जरीवना गर्ने फैसला गरेको छ ।

२०७४ फागुन १ गते घटना सार्बजनिक भएपछि एजेण्टद्वय फरार थिए । ०७५ साउन ६ अदालतनमा सुटुक्क हाजिर भएका उनीहरुलाई न्यायाधीश थीरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त्त इजलासले सुरेशलाई ८० लाख र ललितलाई २५ लाख धरौटीमा छाडेको थियो । धरौटीमा छाडेको ८ महिनापछि अदालतले फैसला सुनाएको हो ।

ताजा समाचार

थप समाचार