[ndc-today-date]
[ndc-today-date]

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रममाथि आजबाट प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

- Advertisement -

राष्ट्रपतिले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्का सदस्यबीच छलफल गर्ने परम्पराअनुरुप प्रतिनिधिसभामा आजबाट त्यसमाथि छलफल सुरु भएको हो ।

छलफल केही दिन जारी रहने संसद सचिवालयले जनाएको छ ।

- Advertisement -

संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता

गराएको छ । कांग्रेसले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली संशोधनलाई जोडतोडका साथ उठाएको छ ।

त्यस्तै, प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम ल्याइएको भन्दै त्यसलाई परिमार्जन गर्न

पनि उसले माग गरेको छ । कांग्रेसले सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने गरी कार्यक्रमगत प्रष्टता नभएको टिप्पणी गरेको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र आवश्यक परिमार्जनसहित संसद्बाट पारित गर्ने प्रचलन छ ।

ताजा समाचार

spot_img

थप समाचार