आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

एनएमबि बैंकले ९ महिनामा १ अर्ब ६५ करोड कमायो ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २३ वैशाख — एनएमबि बैंकले सोमबार आ.व.२०७५ / ७६ को तेस्रो त्रैमासिक अर्थात चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएको हो ।

- Advertisement -

बैंकको नाफा अघिल्लो वर्षको सोही अविधिको तुलनामा २० प्रतिशतले बढी हो । बैंकको दुईवटा सहायक कम्पनी सहित बैंकको समुह खुद नाफा भने १ अर्ब ७२ करोड रहेको छ ।

बैंकको पुँजी कोषको अनुपात १५.४२ प्रतिशत रहेकोले यसले बैंकको थप व्यवसाय वृद्धिका लागि पर्याप्त क्षमता रहेको छ । यस त्रैमासिको अन्त्यसम्ममा बैंकको इक्वीटी तथा रिजर्भ १६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

- Advertisement -

बैंकले देशको आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले तीनवटा विदेशी वित्तीय संस्थाहरुबाट रु.२ अर्ब ९४ करोड वैदेशीक ऋण लिई उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ । यस प्रकारको विदेशी लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

एनएमबि बैंकले फाइनान्सीयल टाईम्स लण्डनबाट लगातार दुई वर्ष बैंक अफ दी इयरको अवार्ड जितेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -