शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

अवैध रुपमा मरिच सहित वीरगञ्जबाट २ जना युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, २४ वैशाख — प्रहरीले वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया पुल नजिकैबाट २ सय किलो कालो मरिच सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -

मरिच ओसारपसारमा संलग्न भारत रक्सौलका २८ वर्षीय दीपेन्द्र मण्डल र वीरगञ्ज महानगरपालिका–२२ का ३६ वर्षिय विनोद प्रसाद पटेललाई प्रहरीले समातेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नेपालबाट भारततर्फ मरिच निकासी गर्दै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

- Advertisement -

मरिच ओसार पसारमा प्रयोग गरिएका तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ । बीआर २२ आर ४६४५, बीआर ०५ एफ ९१७३ र ना.५० प. ६७२३ नम्बरको ३ थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नायव उपरीक्षक राईका अनुसार, प्रहरीले २ सय किलोग्राम मरिच आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाएको छ ।

भियतनाम लगायत तेस्रो मुलुकबाट नेपालमा भित्रिने मसलामा प्रयोग हुने मरिच नेपालबाट भारतर्फ चोरी निकासी हुने गरेको छ । मरिचको भाउ नेपालमा भन्दा भारतमा बढी छ ।

वीरगञ्जबाट विभिन्न मितिमा बरामद ४ सय ५० किलोग्राम केराउ प्रहरीले भन्सार पठाएको छ । गैरकानुनी तवरले नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले विभिन्न स्थान र समयमा बरामद गरेको केराउ प्रहरीले भन्सारलाई बुझाएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -