Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

त्रिकोणात्मक क्रिकेट शृङ्खला काठमाडौंमा, नेपालले ओमान र अमेरीकासँग प्रतिस्पर्धा गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलाको नेपालमा हुने भएको छ । आईसीसीले प्रेस विज्ञप्ती निकाल्दै शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान र अमेरिकासँग खेल्नेछ ।

२०२३ को विश्वकप छनोटको पहिलो चरणमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा हरेक टोलीले साढे २ वर्षमा ३६ एकदिवसिय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

त्यसैअन्तर्गतको पहिलो खेलमा सबै टोलीले त्रिकोणात्मक खेल खेल्नेछन् । नेपालमा हुने पहिलो क्रिकोणात्मक शृङ्खलाका खेलहरु २०२० फ्रेबु्रअरी ५ देखि १२ सम्म हुनेछ । यस्तै, दोस्रो शृङ्खला नामिबियामा नेपाल, नामिबिया र स्कटल्यान्डले खेल्नेछन् । उक्त प्रतियोगिता २०२० अप्रिल २० देखि २७ सम्म हुने छन् भने तेस्रो शृङ्खला पपुवा न्युगिनीमा आयोजक पपुवा न्युगिनी, नेपाल र यूएईले खेल्नेछन् ।

आईसीसीले अहिलेसम्म ३ शृङ्खलाका मात्रै स्थान तोकेको छ । विश्वकप लिग–२ का शीर्ष ३ टोलीले आईसीसी विश्वकप छनोट २०२२ मा सिधै प्रवेश गर्नेछन् भने पुछारका ४ टोली विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

ताजा समाचार

थप समाचार