मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

कीर्तिपुर मैदानमा नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्ने

सिफारिस

काठमाडौं – नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र ओमानसँग खेल्नेछ ।

- Advertisement -

नेपालको यस खेल आगामी वर्ष फेब्रुअरी ५ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । नेपालले एक दिवसीय सिरिज आयोजना गर्न लागेको पहिलो पटक हो ।

साढे दुई वर्षसम्म चल्ने लिगमा नेपालसहित नामिबिया, ओमान, पीएनजी, स्कटल्यान्ड, यूएई र अमेरिका रहेका छन् । होम एन्ड अवेका आधारमा खेलिने यस लिग सन् २०२२ को जनवरीसम्म सञ्चालन हुनेछ ।

- Advertisement -

तीन राष्ट्रले एक पटक कुनै एक राष्ट्रको घरेलु मैदानमा खेल्नेछ । यसैगरी नेपाल सन् २०२० को अप्रिलमा नामिबियामा सिरिज खेल्नेछ । उक्त सिरिजमा नामिबिया, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय सिरिज हुनेछ । त्यसपछि नेपालले पीएनजीमा यूएई र आयोजक पीएनजीसँग खेल्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -