शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

सुनसहित विमानस्थलका कर्मचारी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जितकुमार यादव सुन तस्करी आरोपमा पक्राउ परेका छन् । ग्राउन्ड ह्यान्डलिङमा कार्यरत यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका एक यात्रुले ल्याएको सुन बुझेका थिए । प्रहरीले आइतबार साँझै उनलाई तीन सय तोला सुनसहित पक्राउ गरेको हो ।

- Advertisement -

प्रहरी परिसर काठमाडौंका अनुसार संगठित सुन तस्करहरूले दुबईबाट यात्रुका साथमा सुन पठाउने र यादवले विमानबाट ओर्लेपछि उनीहरूबाट बुझ्ने र मोटरसाइकलको ब्याट्री राख्ने ठाउँमा फल्स बटममा लुकाएर विमानस्थल बाहिर ल्याउने गरेका थिए ।

सुन बोकेर यादव सुरक्षा जाँच हुँदै नियमित बाटो छलेर विमानस्थल बाहिर आउँथे । बयानका क्रममा यादवले पहिलोपटक सुन बुझेको दाबी गरे पनि उनले लामो समयदेखि सानो परिमाणमा आउने सुन विमानस्थलबाहिर ल्याउन सघाएको अनुसन्धानले देखाएको छ । प्रहरीले दुबईबाट सुन बोकेर आउने यात्रु सिरहाका धनेन्द्रकुमार यादवलाई पनि पक्राउ गरेको छ ।

- Advertisement -

२०७४ माघमा विमानस्थलका कर्मचारी र केही प्रहरी अधिकारीको सहयोगमा बाहिरिएको ३३ किलो सुनको अनुसन्धानपछि सरकारले संगठित सुन तस्करी बन्द भएको बताउँदै आएको थियो । उक्त घटनापछि विमानस्थल हुँदै बाहिरिएको सुन बारम्बार बरामद भए पनि कर्मचारी पक्राउ परेका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वैशाखमा आयोजित कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवस कार्यक्रममा सरकारले सुन आउने सबै प्वाल टालिसकेको दाबी गरेका थिए । प्रधानमन्त्रीको दाबी विपरीत वैशाख महिनामा मात्रै अवैध सुन बरामद भएको यो तेस्रो घटना हो । प्रहरीका अनुसार वैशाख महिनामा मात्रै विमानस्थलबाट ६ केजीभन्दा धेरै अवैध सुन बरामद भइसकेको छ ।

विमानस्थल भन्सारले वैशाख पहिलो साता दुई चिनियाँबाट मलद्वारमा लुकाएर ल्याएको साढे तीन केजी सुन बरामद गरेको थियो । त्यस्तै विमानस्थल प्रहरीले ८ वैशाखमा भियतनाम र कम्बोडियाबाट आएका दुई महिलाको साथबाट तीन केजी अवैध सुन बरामद गरेको थियो । १० वैशाखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन आँटेको ७ केजी सुन बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ मा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद भएको छ, जुन ४५ करोड ४ लाख ६० हजार ६५ रुपैयाँ बराबरको सुन हो । प्रहरीले एक वर्षमा १ सय ३७ जनालाई सुन तस्करीमा संग्लन आरोपमा प्रतिवादी बनाएको थियो ।

गृह मन्त्रालयले भने फागुन १३ मा प्रतिवेदन जारी गर्दै १ सय १४ केजी १ सय २३ ग्राम सुन बरामद गरेर १८ करोड ८ लाखभन्दा धेरै राजस्व असुली गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । एक उच्च प्रहरीले भने, ‘सरकार नै सुन तस्करीको विरोधमा रहेको भनिएका बेला विमानस्थलका कर्मचारीकै संलग्नतामा सुन तस्करी भएको घटना सार्वजनिक हुनु गम्भीर कुरा हो ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार