आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

सभामुखलाई कांग्रेसको प्रश्न – ‘संसदमा हामीले बोलेको रेकर्डबाट हटाउने अनि प्रधानमन्त्रीको नसक्ने ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपाले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् । बुधबार काभ्रेको धुलिखेलमा ‘राष्ट्रिय जागरण अभियान’ को उद्घाटन गर्दै नेता कोइरालाले भने, सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको देखिन्छ ।’

- Advertisement -

उनले मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको पक्ष लिएको आरोप लगाए । ‘संसदमा हामीले बोलेको रेकर्डबाट तुरुन्तै हटाउने अनि प्रधानमन्त्रीको बोली हटाउन नसक्ने वा पछि हटाए पनि हुने भन्ने हुन्छ ?’ कोइरालाले भने ‘कार्यपालिका र व्यवस्थापिका एउटै अंग भइसकेको छ, न्यायपालिका पनि कार्यपालिकाको एउटा अंग जस्तो भएको छ ।’

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग आदि प्रधानमन्त्री अन्तर्गत ल्याउनु सत्ता कब्जाको पूर्वअभ्यास भएको कोइरालाको दाबी छ ।

- Advertisement -

कार्यक्रममा बोल्दै कोइरालाले नेपाली सेनालाई पनि सरकारले विवादित गर्ने प्रयास गरेको बताए । सबै विकासका काम दिएपछि सेनाले गर्नुपर्ने काम गर्न नसकेको उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -