मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै हुनुुहुन्छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने यो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ ।

- Advertisement -

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्नुहुनेछ । भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुहुनेछ ।

भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नुहुनेछ । दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्र्ने जनाइएको छ ।

- Advertisement -

भ्रमण पर्यटन र संस्कृतिमा केन्द्रित

कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहनुहुनेछ । प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण मूलतः पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानमा केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटक सीधै लुम्बिनी ल्याउने गरी हवाई सम्झौता हुने विषयमा छलफल हुने पनि बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -