[ndc-today-date]
[ndc-today-date]

श्री चण्डी माई मेला...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको २५ औं संस्करणमा अन्य २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिइन् । अनुष्कालाई मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडाले ताज लगाइदिएकी थिइन् । श्रेष्ठले मस्ट इन्टिलेक्चुअल सहभागी र मिस फेसिनोको उपाधिसमेत जितिन् ।

- Advertisement -

अनुष्काले मिस नेपाल वर्ल्ड जित्दा प्रदीप्ता अधिकारीे मिस नेपाल युनिभर्स (द्वितीय) भइन् । यसैगरी रिया बस्नेत मिस नेपाल अर्थ भइन् भने मिरा कर्माचार्य र रोज लामा क्रमशः मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुपरनेसनलको उपाधि जिते ।

विजेता ५ सहित सोफिया भुजेल र रक्षा उप्रेती पनि फाइनल (शीर्ष ७) मा पुगेका थिए । यसअघि शीर्ष १४ मा सुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनि महर्जन, शिवानी घिमिरे, प्रभा अधिकारी, निशा पाठक र नान्सी बोगटी पनि पुगेका थिए ।

- Advertisement -

यता व्यक्तिगत बिधातर्फ प्रदीप्ता अधिकारी र रोज लामाले पनि २–२ उपाधि जिते । प्रदीप्ता बेस्ट एथलेट र मिस ट्यालेन्ट बन्दा रोजले मिस ग्यामर र मस्ट फोटोजेनिकको उपाधि जितेकी थिइन् । व्यक्तिगत बिधातर्फ नान्सी बोगटीले मस्ट फ्रेन्डली, रिया कक्षपतिले मस्ट ब्युटिफुल हेयर र जेनी महर्जनले बेस्ट न्याचुरल स्किनको उपाधि जिते ।

यसैगरी निशा पाठक मस्ट कन्फिडेन्ट, रिया बस्नेत मस्ट पपुलर भइन् । मिस नेपालको ब्युटि विथ पर्पोजको उपाधि भने नितिका कर्माचार्यले जितिन् ।

ताजा समाचार

spot_img

थप समाचार