Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
21.5 C
Birgunj
spot_img

फ्राइडे रिलिज : आजदेखि ‘पसिना’ प्रदर्शनमा, ‘दाल भात तरकारी’ दोस्रो सातामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ ।

चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र धिरज राईको संगीत छ । ‘गराैँ सत्कर्म, बगाउँ पसिना’भन्ने नारा बोकेको चलचित्र ‘पसिना’ समसामयिक कथामा निर्माण गरिएको छ ।

चलचित्र ‘पसिना’मा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र ‘पसिना’ नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।

दाल भात तरकारी दोस्रो सातामा

ठूलो व्यानरको चलचित्र प्रदर्शनमा नआउँदा यसको प्रत्यक्ष फाइदा वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीलाई भएको छ । चलचित्रले सफलताका साथ दोस्रो सातामा आफ्नो प्रदर्शन सुरुवात गरेको छ ।

चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार उपत्यका तथा उपत्यका बाहिरका सबै जसो हलमा चलचित्र दाल भात तरकारी लागिरहेको छ । बिहीबार सम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले ३ करोड १५ लाखमाथिको व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।

ताजा समाचार

थप समाचार