करोडौँ अस्ट्रेलियन डलर मूल्यबराबरको नोटमा अशुद्ध शब्द

spot_img

अस्ट्रेलियामा ५० डलरको नोटमा छापिएको एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ।

रिजर्भ ब्याङ्क अफ अस्ट्रेलिया आरबीएले छापेको करोडौँ डलरको नयाँ नोटमा अङ्ग्रेजी शब्द “रिस्पोन्सबिलिटी” को हिज्जे बिग्रिएको छ।

आरबीएले नोटमा अशुद्धि भएको बिहीवार पुष्टि गरेको छ। उसले फेरि नोट मुद्रण गर्दा सो शब्द सच्याइने जनाएको छ।

अहिलेसम्म झन्डै चार करोड ६० लाखवटा नोट वितरण भइसकेको छ।

सो नोट गत वर्षको उत्तरार्धमा निष्काशन गरिएको हो। त्यसमा अस्ट्रेलियको संसद्की पहिली महिला सदस्य इडिथ कावनको चित्र छापिएको छ।

कावनको मुहारचित्रपछाडि रहेको बगैँचाजस्तो पृष्ठभूमिमा उनले संसद्‌मा गरेको पहिलो सम्बोधनको अंश छापिएको छ।

Presentational white space

“यहाँ एक मात्र महिला हुनु ठूलो जिम्मेदारी हो। र म अरू महिला पनि यहाँ हुनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु।”

यो आशयको उक्ति सूक्ष्म अक्षरमा धेरै चोटि छापिएको छ।

त्यसमा भएको “जिम्मेदारी” बुझाउने अङ्ग्रेजी शब्दमा एउटा ‘आई’ छुट्दा भाषिक त्रुटि भएको हो।

अक्षर सूक्ष्म भएकाले त्यो त्रुटि पत्ता लगाउन छ महिनाभन्दा बढी समय लाग्यो।

अस्ट्रेलियन डलरReserve Bank of Australia
इडिथ कावनको काँधमाथि छापिएको शब्द अशुद्ध छ

अस्ट्रेलियामा ५० डलरको नोट सर्वाधिक प्रयोगमा छ। पैसा झिक्ने यन्त्रबाट पनि प्राय: यही नोट निस्किन्छ।

गत अक्टोबरमा सार्वजनिक भएको सो नोटको अर्कोपट्टि सम्मानित आदिवासी लेखक डेभिड अनेइपनको चित्र छ।

प्रचलनमा भएका नोटको प्रयोगमा सुधार गर्ने र जाली नोट नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नोटमा सुरक्षासम्बन्धी आकृति थपिएको थियो।

शब्दमा त्रुटि भए पनि सो नोटको प्रयोग वैधानिक छ।

कतै यो समाचारमा कुनै शब्द अशुद्ध पो लेखिएको छ कि?

spot_img

ताजा अपडेट

लोकप्रिय