बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

श्रीलंकामा सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइयाे

सिफारिस

श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

- Advertisement -

इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएकाे श्रींलकाली अधिकारीले जनाएका छन् ।

फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ ।

- Advertisement -

फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् । ती आरोपी व्यक्तिले लेखेका थिए, ‘एक दिन तिमीहरु रुनेछौ,’ । यही पोस्टका कारण हिंसा भएको बताइएको छ ।

गएको २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा दुई सय पचास जनाले ज्यान गुमाएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -