Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

श्रीलंकामा सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाइयाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएकाे श्रींलकाली अधिकारीले जनाएका छन् ।

फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ ।

फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् । ती आरोपी व्यक्तिले लेखेका थिए, ‘एक दिन तिमीहरु रुनेछौ,’ । यही पोस्टका कारण हिंसा भएको बताइएको छ ।

गएको २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा दुई सय पचास जनाले ज्यान गुमाएका थिए ।

ताजा समाचार

थप समाचार