Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

अगाडिको चक्का बिनानै पाइलटले गराए विमान अवतरण, सबै सकुशल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

यांगुन – म्यान्मारका एक जना पाइलटले विमानको अगाडि भागको चक्का बिना नै सो बिमान सकुशल अवतरण गराएका छन् । ल्यान्डिङ गियर फेल भएपछि उनले आइतबार चक्काबिना नै विमान अवतरण गराएका हुन् । म्यान्मारको राष्ट्रिय एयरलाइएन्स मन्डले विमानस्थलमा सो विमानलाई अवतरण गराइएको हो ।

सो अवतरणका क्रममा सबै ८९ जना यात्रुलाई कुनै पनि चोट नलागेको बताइएको छ । उनले कुशलतापूर्वक विमान अवतरण गर्न सकेकोमा पाइलटको सबैले सह्राना गरेका छन् । क्याप्टेन म्याट मो आङले एयर ट्राफिक कन्ट्रोलरको अनुमति लिनका लागि विमानलाई दुईपटक विमानस्थलमाथि घुमाएका थिए ।

सो विमानले यांगुनबाट उडान भरेको हो । पाइलटले प्रयास गर्दापनि अगाडिको ल्यान्डिङ गियरले काम गरिरहेको थिएन । त्यसपछि उनले आपतकालीन अवस्थामा गर्नुपर्ने प्रक्रिया अपनाएर विमान अवतरण गराएका थिए । सो विमान रोकिनु भन्दा अघि २५ सेकेण्ड जति हल्लिएको थियो ।

म्यान्मारका यातायातमन्त्री विन खान्टले पाइलटले राम्रो काम गरेको बताएका छन् । म्यान्मारमा दोस्रो पटक एक हप्ताकै बीचमा यो हवाई दुर्घटना भएको हो । गएको बुधबार विमान बंगलादेश एयरलाइन्सको विमान पनि खराब मौसमका कारण यांगुन विमानस्थलमा चिप्लिएको थियो । त्यसमा कम्तिमा १७ जना मानिस घाइते भएको बीबीसीले जनाएको छ ।

ताजा समाचार

थप समाचार